hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

अक्षरा अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता’को उपाधि एसपीईएसको कब्जामा

रञ्जन यादब /बारा

प्रथम अक्षरा अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता’को उपाधि सिमरा पब्लिक इङ्लिस स्कुल (एसपीईएस) ले आकर्षक प्रदर्शनसहित हात पारेको छ। शनिबार जीतपुरसिमरा–४ स्थित सेज क्रिकेट मैदानमा भएको फाइनलमा आयोजक अक्षरा पाठशालालाई १५ रनले पराजित गर्दै सिमरा पब्लिक च्याम्पियन बनेको अक्षरा पाठशालाका ऋषि काफ्लेले जानकारी दिए ।

टस जितेर पहिला ब्याटिङ गरेको सिमरा पब्लिकले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ७१ रनको सशक्त योगफल तयार ग¥यो। टोलीका लागि रिया श्रेष्ठले धमाकेदार २४ रन जोडिन् भने अनुष्का कार्कीले १३ रनको योगदान दिइन्। बलिङतर्फ अक्षराकी प्रिन्सा पौडेल प्रभावशाली रहिन्, उनले २ विकेट लिइन् भने सुस्मिता चौधरीले १ विकेट थपिन्। ७२ रनको लक्ष्य पछ्याउन उत्रिएको आयोजक अक्षरा टोलीले शुरुदेखि लय समाउन नसक्दा दबाब बढ्दै गइरह्यो। अमिश कार्कीले १७ रनको उल्लेखनीय प्रयास गरिन्, प्रिन्सा पौडेलले ७ रन थपिन्, तर अन्य ब्याटरहरू सिमरा पब्लिकको कसी बलिङ सामु कमजोर देखिए। निर्धारित १० ओभरमा अक्षरा ५७ रनमै रोकिएको थियो।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू पनि सार्वजनिक गरिए। सिमरा पब्लिककी विनिशा लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भइन्। प्रतियोगिता अवधिभर ७३ रन बनाएकी रिया श्रेष्ठ ‘उत्कृष्ट ब्याटर’ भइन् भने ८ विकेट संग्रह गरेकी प्रिन्सा पौडेल ‘उत्कृष्ट बलर’ बनिन्। फाइनलमा महत्वपूर्ण योगदान दिएकी रिया श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ समेत घोषणा गरिइन्।विजेता तथा उपविजेता टोलीलाई क्यान मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवाल, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपलहरू तथा स्थानीय खेलकुद अभियन्ताले पुरस्कार वितरण गरे।स्थानीय तहमा महिला क्रिकेटप्रति बढ्दो चासो र प्रतिभा पहिचानमा यस प्रतियोगिताले सकारात्मक प्रभाव पारेको आयोजकले जनाएको छ।