hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

शान्ति युवा विकास मञ्चले जितपुरमा गरेको रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान

रञ्जन यादव /बारा,

“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने प्रेरणादायी नारासहित बाराको जितपुरमा आयोजित रक्तदान कार्यक्रम उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ। शान्ति युवा विकास मञ्च जीतपुरको आयोजनामा जितपुरस्थित शान्तिटोल खेल मैदानमा भएको कार्यक्रममा स्थानीय युवादेखि समाजसेवी, व्यापारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मञ्चका अध्यक्ष योगेश अधिकारीका अनुसार सामाजिक उत्तरदायित्वप्रति युवा पुस्ताको सक्रियता प्रशंसनीय देखिएको छ।

“रक्तदानजस्तो मानविय सेवामा यो स्तरीय सहभागिता पाउनु हाम्रो लागि गर्वको कुरा हो,” उनले बताए।कार्यक्रममा ५८ जनाले स्वेच्छिक रक्तदान गरेका थिए, जसमा ४९ जना पुरुष र ९ जना महिला सहभागी भएका मञ्चका सचिव अशोक दासले जानकारी दिए। धेरै सहभागीले पहिलो पटक रक्तदान गरेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहभागी हुने प्रतिबद्धता जनाएका थिए।रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज–पर्साको प्राविधिक सहयोगमा सम्पन्न गरिएको जयसागरले जानकारी दिए ।

रेडक्रसका प्राविधिक टोलीले रक्तदानमा आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा सुरक्षित प्रक्रिया सम्पूर्ण रूपमा पालन गरिएको जनाएको छ।सामुदायिक सेवा र मानवताका लागि आयोजना गरिएको यस प्रकारको कार्यक्रमले स्थानीय क्षेत्रमा सकारात्मक सन्देश मात्र नपठाई स्वास्थ्य सुरक्षामा पनि महत्वपूर्ण योगदान पु¥याएको आयोजक मञ्चले बताए। आगामी दिनमा यस्ता सामाजिक अभियानलाई झनै प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गर्ने मञ्चको योजना रहेको छ।