hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सूर्य नेपाल प्रा.लि.को नाम दुरुपयोग गर्दै ठगी गर्ने समूह हेटौंडामा पक्राउ

रञ्जन यादब /बारा

बहुराष्ट्रिय कम्पणी सूर्य नेपाल प्रा.लि.को नाम र प्रतिष्टालाई दुरुपयोग गर्दै व्यवसायीलाई ठगी गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कम्पनीका कर्मचारी भएको झूटो दाबी गर्दै उनीहरूले महिनौँयता स्थानीय व्यवसायीलाई छलिरहेका थिए।

यस बिषयमा ईलाका प्रहरी कार्यालय सिमरामा पनि केहि हार्डवेयर ब्यवसायीहरुले उजुरी दिएका थिए । उनीहरुले आफुहरुले गाडिमा पठाएको लाखौँ मुल्यको सामान सुर्य नेपालको गेट अगाडिबाट ठगी गर्ने गिरोहले घुमाएर जीतपुर स्थित रातो पुलको छेउमा झारेर अर्को गाडिमा अनलोड गरी लगिएको ब्यवसायीहरुले दाबी गरेका थिए ।उनीहरुले व्हाट्सएप म्यासेज र च्याटको स्क्रिनसर्ट पनि प्रहरीलाई बुझाएका थिए । यता सुर्य नेपाल कम्पणीले पनि आफनो कम्पणी र कर्मचारीको नाम दुरुपयोग गरेर केहि ब्यक्तिहरु सामान मगाएर दुरुपयोग गरिरहेको कुरा जानकारी गराउँदै ईलाका प्रहरी कार्यालय सिमरालाई पत्र लेखेको थियो । हेटौडा प्रहरीमा पक्राउ परेकामध्ये वीरगन्ज–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगन्ज–१९ का ४० वर्षीय रामराउत कुर्मी र वीरगन्ज–३२ टेढाघरका हाल हेटौंडा–१० बस्ने ४० वर्षीय नितेशकुमार केशरी रहेका छन्। उनीहरूले आफूलाई सूर्य नेपाल प्रा.लि. का अधिकृत कर्मचारीका रूपमा परिचय दिंदै विभिन्न व्यापारिक फर्मसँग अनलाइन अर्डर लिन्थे।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार समूहले सूर्य नेपालको नाममा विश्वास दिलाएर सामान मागेपछि भुक्तानी भएको देखिने गरी नक्कली बैंक भौचर तयार पारेर व्हाट्सएप मार्फत पठाउँथे। सूर्य नेपाल जस्तो ठूला र विश्वसनीय कम्पनीसँग कारोबार भएको ठानेर व्यवसायीहरूले सामान वीरगन्ज पठाए, तर भुक्तानी भने कहिल्यै नआएको बोगटीले बताए। प्रारम्भिक अनुसन्धानका अनुसार, सूर्य नेपालको नाम दुरुपयोग गरेर उक्त समूहले करिब १७ लाख ८७ हजार रुपैयाँ बराबरका विभिन्न सामान ठगी गरेको खुलेको छ। कम्पनीको छवि र व्यवसायीको विश्वासमाथि ठेस पु¥याउँदै गरिएको यस्तो कार्यप्रति प्रहरी पनि सतर्क बनेको छ।पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर ठगीमा संलग्नता, नक्कली कागजात प्रयोगसहितका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।