hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

रेनबो हेल्थ म्यानेजमेन्ट एण्ड टेक्निकल कलेजमा विद्यार्थीलाई पोशाक वितरण

रञ्जन यादब /बारा

बि.बि.ए. अध्ययन गराउँन सुरु गरेकाे सिमरास्थित रेनबो हेल्थ म्यानेजमेन्ट एण्ड टेक्निकल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई कलेजको पोशाक वितरण गरेको छ। कलेज प्रशासनका अनुसार विद्यार्थीको पहिचान, शिष्टता र एकरूपता कायम राख्ने उद्देश्यले कलेज प्राङ्गनमा पोशाक वितरण कार्यक्रम आयोजना गरिएको हो।

कलेज प्रमुख डा. दिनदयाल चौधरीका अनुसार प्रत्येक विद्यार्थीलाई दुईवटा पाइन्ट, दुईवटा सर्ट, एक कोट, एक टाई, एक टि–सर्ट र एक स्वेटर वितरण गरिएको छ। उहाँले विद्यार्थीहरुको अनुशासन र एकरूपता कलेजको पहिचान हो भन्दै नियमित रूपमा विद्यार्थीको हौंसला वृद्धि हुने कार्यक्रम अघि बढाइने बताउनुभयो।

पोशाक वितरण कार्यक्रममा कलेजका निर्देशक तथा संस्थापक रमेश कुमार झा, अध्यक्ष विनोद प्रसाद यादव, संयोजक सुनिल कुमार झा, प्रशासन सहायक रबिना खातुन, कार्यालय सहयोगी ज्योति महतो र मिना खनाल लगायतको उपस्थिति रहेको थियो।कलेजले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारसँगै व्यवहारिक शिक्षा र अनुशासनमा जोड दिँदै आइरहेको जनाएको छ।