hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

नवौँ लोटस अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु ,पहिले दिने लोटस ,अक्षरापाठशाला र सेन जोन एकेडेमी बिजयी

रञ्जन यादब /बारा

लोटस एकेडेमीको खेलमैदानमा मंगलबार देखि नवौँ लोटस आधारभूत अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ। कार्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका भित्रका १२ वटा विद्यालयले सहभागिता जनाएका छन्।प्रतियोगिताको उद्घाटन बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले गरेका थिए ।

लोटस एकेडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नव जनजागृति भेटरान क्लबका अध्यक्ष सोनु क्षेत्री, सचिव राम पाठक, रेफ्री राम चौधरी र लखन चौधरी, सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकाल, राष्ट्रिय विभूति स्कुलका प्रिन्सिपल सागर ठाडा मगर, साना किसान स्कुलकी चन्द्रिका पन्त, अक्षरा पाठशालाका नरेन्द्र तामाङ, न्यु एकताका मदन रिजाल, सेन्ट जोनका विजय श्रेष्ठ, पाथिभराका लक्की रिमाल, एक्स सर्भिसम्यानका विवेक बोहरा, होली गार्डेन पथलैयाका भुवन राई, मिसन एकेडेमीका सन्दिप तामाङ, स्नो एपेक्सका रामबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका अतिथिहरूलाई स्वागत लोटस एकेडेमीका सहायक प्रिन्सिपल चन्द्रबहादुर लिम्बुले गर्नुभयो भने सञ्चालन शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए ।

मंगलबार सम्पन्न तीनवटा खेलमध्ये पहिलो उद्घाटन खेलमा लोटस एकेडेमीले पाथीभारालाई ५–० ले पराजित गरेको थियो। दोस्रो खेलमा अक्षरा पाठशालाले राष्ट्रिय विभूति स्कुललाई २–१ गोलले हरायो भने तेस्रो खेलमा सेन जोन एकेडेमीले एकता स्कुललाई २–० गोलले पराजित गरेको थियो । खेलको ‘म्यान अफ द म्याच’ क्रमशः लोटस एकेडेमीका रिजन लामिछाने, अक्षराका रिजन घलान र सेन जोन एकेडेमीका सोहन तामाङ घोषित भएका छन्। रिजन लामिछानेलाई राष्ट्रिय विभूति स्कुलका प्रिन्सिपल सागर ठाडा मगर, रिजन घलानलाई एनजेजेभीसीका अध्यक्ष सोनु क्षेत्री र सोहन तामाङलाई लोटस एकेडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारीले ट्रफी प्रदान गरेका थिए ।बुधबार साना किसान र सिमरा पब्लिकबीच, स्नो एपेक्स र मिसन एकेडेमीबीच, तथा एक्स सर्भिसम्यान र होली गार्डेनबीच खेलहरू हुने छन्। खेलको रेफ्रिङ जिम्मेवारी लखन चौधरी र राम चौधरीले वहन गरिरहेका छन्।