जीतपुरसिमरामा जेन जी युवा नगर कमिटी गठन

रञ्जन यादब /बारा

नेपालका जेन जी आन्दोलनको मर्म र उद्देश्यअनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा जेन जीका युवाहरुले एक भेलामार्फत सिमरामा नगर कमिटी गठन गरेका छन्। नयाँ पुस्ताको आवाज र सहभागितालाई संस्थागत गर्दै गठन गरिएको यस कमिटीले सामाजिक जागरण, नीतिगत सहभागिता र स्थानीय युवाहरूमाझ सकारात्मक परिवर्तनका अभियान चलाउने प्रतिबद्धता जनाएको छ। भेलाले राज बहादुर थापालाई अध्यक्ष चयन गरेको छ भने कुनाल राज गिरि र सन्ध्या खरेल उपाध्यक्षमा सर्बसम्मत निर्वाचित भएको नवगठित नगर कमिटीका प्रबक्त मनिष सापकोटाले जानकारी दिए । नगर कमिटीमा मनिष सापकोटालाई प्रवक्ता र सेख रिजवानलाई कोषाध्यक्षका रूपमा चयन गरिएको छ। त्यस्तै सुजिता प्याकुरेल सह–कोषाध्यक्ष, बिवेक रिजाल सचिव र सुदिप सिटौला सह–सचिव बनेका छन्।

सदस्यहरूमा धिरज सर्फ, बिपुल सर्फ, आशिस लमसाल, पृन्स शाह, अङ्गद अधिकारि, सेख सफिक, सिमन उपाध्याय, ज्ञान कुमार शाह, आकाश वाइबा, शेख साहिल, राजेन्द्र सिलवाल, सोनम शर्मा, बासु खतिवडा, कुन्दन कुमार, शेख प्रबेज, सुजल पाठक, दिपेस श्रेष्ठ, रोजन सिम्खडा, निकेस पटेल र सोम सिंह रहेका छन्।नगरकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई जेनजी बारा जिल्ला तदर्थ समितीका अध्यक्ष सम्राट उपाध्यायले टिका लगाएर बधाई दिएका थिए । भेलामा बोल्ने वक्ताहरूले जेन जी आन्दोलनको मूल सन्देश — “युवाको नेतृत्वमा परिवर्तन” — लाई आत्मसात् गर्दै नगरभित्रका सामाजिक, सांस्कृतिक र विकासका क्षेत्रमा युवाको सहभागिता बढाउने प्रतिवद्धता व्यक्त गरे। उनीहरूले सिमरालाई सिर्जनात्मक, समावेशी र डिजिटल चेतनायुक्त सहरका रूपमा विकास गर्न युवाको भूमिका अत्यावश्यक भएको उल्लेख गरे। जेन जी देशभर युवाहरूबीच सहकार्य, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासलाई प्रवद्र्धन गर्दै आएको छ।