hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बिपन्न दलित बस्तीमा ‘एक घर एक आँप र कागती’ अभियान अन्तर्गत २०० बिरुवा वितरण

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका–१८ को बिपन्न दलित बस्तीमा “एक घर एक आँप र कागती” अभियान अन्तर्गत २०० वटा फलफूलका बिरुवा वितरण गरिएको छ। हलखोरिया साझेदारी बन र राष्ट्रिय जन वकालत मञ्च, नेपाल को सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बस्तीका परिवारहरूलाई आत्मनिर्भरता र हरित वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक घरलाई आँप र कागतीका बिरुवा प्रदान गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए । यो अभियानले दलित समुदायको जीवनस्तर उकास्न र वातावरण संरक्षणमा सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे। कार्यक्रमका क्रममा सहभागीहरूलाई बिरुवा संरक्षण तथा फलफूल उत्पादन सम्बन्धी छोटो प्रशिक्षण समेत दिइएको थियो।वडा अध्यक्षले दुबै सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता साझेदारी कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाए।