hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

बरैनिया वडा कार्यालयमा कर्मचारी र वडा अध्यक्षमाथि दुव्र्यवहार

रञ्जन यादब /बारा

बिश्रामपुर गाउँपालिका–२ बरैनियास्थित वडा कार्यालयमा कर्मचारी र वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ ।वडा कार्यालयका अनुसार २०८२ असोज ७ गते बेलुकी घर फर्किँदै गरेका कार्यालयमा कार्यरत का.स. प्रमोद कुमार बैठामाथि कान्तिपुर टोलका गोपाल साहका छोरा अनिल साहले बरैनिया बजारमा रोक्दै साँचो खोस्ने, धाकधम्की दिने र गालीगलौज गर्ने कार्य गरेका थिए । सो क्रममा स्थानीय व्यापारीहरुले हस्तक्षेप गर्दै कर्मचारीलाई उद्धार गरेका थिए । कर्मचारी बैठाले यसबारे इलाका प्रहरी कार्यालय प्रसौनिमा जाहेरी दर्ता गरिसकेका छन् ।तर, सो घटना भएको भोलिपल्ट असोज ८ गते दिउँसो पुनः अनिल साह पत्रकार राधेश्याम पटेलसहित वडा कार्यालय पुगेका थिए ।

कार्यालयमा वडा अध्यक्ष मनोज यादवसँग जग्गासम्बन्धी विषयमा पत्रकारले अन्तरवार्ता लिइरहेका बेला साह १५–२० जनाको समूहसहित कार्यकक्षमा प्रवेश गरी होहल्ला, असभ्य शब्द प्रयोग तथा टेबुलका सामानहरु फ्याँक्ने जस्ता गतिविधि गरेको वडा कार्यालयले जनाएको छ ।जगदम्बा ट्रेड कन्सर्न प्रा.लि.का सञ्चालक सन्तोष पटेलको नाममा अदालतले जारी गरेको जग्गा लिलामीसम्बन्धी पत्र र मालपोत कार्यालयको प्रक्रिया अनुसार वडा सिफारिस गर्नुपर्नेमा साहले उक्त सिफारिस रोक्न दबाब दिँदै आएको वडा कार्यालयको दाबी छ । अध्यक्ष यादवले “अदालतबाट पत्र ल्याएमा मात्र प्रक्रिया अघि बढ्छ” भनेपनि साहले बिना पत्र सिफारिस गर्न दबाब दिँदै बारम्बार विवाद सिर्जना गर्ने गरेको बताइएको छ ।घटनाको बेला इलाका प्रहरी कार्यालय छतवाका प्रहरीहरु समेत वडा कार्यालयमा उपस्थित रहेका थिए ।