hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

जीतपुरसिमरामा घटस्थापनाको अवसरमा कलश यात्रा

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानमा घटस्थापनाको अवसरमा विधिपूर्वक कलश यात्रा निकालिएको छ । दशैंको पहिलो दिन दुधौरा खोला किनारबाट शुद्ध जल ल्याई श्रद्धालु भक्तजनहरूले कलशमा भरेर पूजा स्थलमा स्थापना गरेका थिए ।जीतपुर, बकुलीया, रमौलिलोसन्डा लगायतका स्थानमा स्थापित दुर्गामाताको प्रतिमा स्थलमा भक्तजनहरूले कलशमा जल अर्पण गर्दै पूजाअर्चना गरेका छन् ।

धार्मिक परम्परा अनुसार घटस्थापनाका दिन कलशमा जल भरेर देवीको पूजा आरम्भ गर्ने परम्परा रहेको छ ।कलश यात्रामा महिलादेखि युवासमेतको उत्साहजनक सहभागिता थियो । धार्मिक झाँकी, बाजागाजा र नृत्यसहितको शोभायात्राले स्थानीय वातावरण उत्सवमय बनेको थियो ।यस अवसरमा स्थानीय बासिन्दाहरूले दशैंजस्तो महान चाडले धार्मिक आस्था र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।