hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

सिमरा महिला साकोसको १८औँ वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा

सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो । उहाँले बदलिँदो राष्ट्रिय अर्थतन्त्रसँगै सहकारी क्षेत्रलाई गुणस्तरीय वित्तीय सेवामा सक्षम बनाउन नीति, विधि र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । साथै सहकारी प्राधिकरण र नेपाल राष्ट्र बैंकले जारी गरेका अध्यादेश तथा मापदण्डको परिधिभित्र रही संस्थाले सञ्चालन गर्नुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।

सभामा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक अनिता लम्साल, सञ्चारकर्मी रञ्जन यादवसहित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा अध्यक्ष मुना खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सनम पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । लेखा समिति संयोजक उर्मिला सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार संस्थाले हालसम्म १४ करोड ६८ लाख ५४ हजार ४ सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४४ लाख ६५ हजार ८ सय ५९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सभामा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, जेष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यसैगरी कक्षा १२ को परीक्षामा जीतपुरसिमरा उपमहानगरपालिकाका सामुदायिक विद्यालयबाट उत्कृष्ट जीपीए ल्याउने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका छात्रा आकृति पुलामी र छात्र मनिष पाठकलाई विशेष सम्मान गरिएको थियो ।सहकारी प्राधिकरणको नयाँ मापदण्डअनुसार बाहिरी अतिथि नबोलाई आफ्नै सदस्यबीच सभा सम्पन्न गरिएको थियो । सभाको अध्यक्षता अध्यक्ष मुना खरेलले गर्नुभएको थियो भने उपाध्यक्ष भिमादेवी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव गीता शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।