hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

पर्सागढीकाे टाँडिबाट दुई थान अवैध काठकाे गाेलिया बरामद

 

पर्सागढी नगरपालिका वडा नं. ८ टाँडिबाट दुई थान काठका गोलिया बरामद गरिएको छ।

डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदका अनुसार बढ्निहार साझेदारी बन क्षेत्रबाट साइकलमा ल्याइ बाँसको झाङ र पोखरी नजिक लुकाइएका अवस्थामा विशेष सूचनाका आधारमा गएकाे बन गस्ती टोलीले काठ बरामद गरेको हो।

बरामद काठ करिब १० क्युफिट बराबरको रहेको बढ्निहार सब डिभिजन बन कार्यालयका कमाण्डर जीतबहादुर तमाङले जानकारी दिए। उनले काठ स्थलमा पुग्दा चोरहरु काठ छाडेर फरार भएको पनि बताए।

बरामद काठलाई अहिले बढ्निहार सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ।