hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

अपाङ्ग बालबालिकाका लागि निर्माण गरिएको आवासीय भवनको उद्घाटन

रञ्जन यादब /बारा

नेपाल अपाङ्ग सेवा संघ बाराको कम्पाउन्डमा अपाङ्गता भएका बहिरा, सुस्तश्रवण तथा बौद्धिक बालबालिकाका लागि निर्माण गरिएको चार कोठे आवासीय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल अपाङ्ग सेवा संघ बारा र श्री ने.रा.मा.वि. सिमराको संयुक्त आयोजनामा, श्री रेस्क्यु नेपाल ललितपुरको सहयोग र श्री साथी नेपालको समन्वयमा ३५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री पुरुषोत्तम पौडेलले समाजसेवामा प्रतिफलको आश नगरी निरन्तर लाग्ने व्यक्तिहरु सधैं जित्ने उल्लेख गर्दै श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटा भवन निर्माणको प्रेरणादायी शक्ति भएको भन्दै उहाँ र उहाँको परिवारलाई धन्यवाद ज्ञापन गरे। त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उपमहानगर अन्तर्गत शहरी तथा उत्तरी क्षेत्रका विद्यालयमा पूर्वाधार पर्याप्त भए पनि विद्यार्थी संख्या कम र दक्षिणी ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या बढी तर पूर्वाधार न्यून रहेको बताउँदै, कमजोर पूर्वाधार भएका विद्यालयलाई उकास्न उपमहानगरपालिकाले हातेमालो गर्न तत्पर रहेको जानकारी दिए।

कार्यक्रमकाबीच पूर्वमन्त्री पौडेल, नगर प्रमुख राजन पौडेल, उप–प्रमुख भोला प्रसाद अधिकारी तथा श्री ने.रा.मा.वि. सिमराका प्रधानाध्यापक शंकर आचार्य , श्री साथी नेपालकी अध्यक्ष सरिता साप्कोटा ,चाईल्ड रेस्क्यु नेपालका कन्ट्री डाईरेक्टर भाष्कर कार्की ,दोभाषे रेखा श्रेष्ठ लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो। नेपाल अपाङ्ग सेवा संघ बारा अध्यक्ष गंगा वाग्ले र श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बहिरा तथा सुस्तश्रवण भएका बालबालिकाले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।