hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltnakitbahisjojobetholiganbet

जीतपुरसिमरा उपमहानगरको न्यायिक समितिमा गत वर्ष १८४ मुद्दा दर्ता ,जग्गा सम्बन्धी मुद्दा सबैभन्दा धेरै, असार मसान्तसम्म ९० मुद्दाको फैसला

रञ्जन यादब /बारा

गत आर्थिक वर्ष २०८१÷०८२ मा जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिमा जम्मा १ सय ८४ वटा मुद्दा दर्ता भएका छन्। समितिले तीमध्ये असार मसान्तसम्म ९० मुद्दाको फैसला गरिसकेको छ भने बाँकी मुद्दा प्रक्रियामा रहेका छन्। गत वर्ष दर्ता भएका मुद्दामध्ये जग्गा सम्बन्धी ६५ मुद्दा सबैभन्दा धेरै रहेका छन्। त्यसपछि लेनदेनका ४३ मुद्दा दर्ता भएका छन्। यस्तै निर्माण कार्य रोक्का १०, बाटो नाला ११, घरेलु हिंसा ३, बाली नोक्सानी ३, पति पत्नीबीचको झगडा २, असुल उपर २, घर बहाल ७, रेखदेख तथा पालनपोषण ३, ज्याला मजदुरी २, घर खाली ४, फोहोरमैला व्यवस्थापन १, हकभोग तथा अंश सम्बन्धी १२, सिफारिस ३, अवैध संरचना १, कुटपिट १, बैना सम्बन्धी ७ र थप सिफारिस ४ मुद्दा दर्ता भएका थिए।समितिले दर्ता भएका मुद्दामध्ये ४७ वटा मिलापत्रमार्फत टुंग्याएको छ भने ८ मुद्दामा मिलापत्र हुन नसकेर अन्यत्र प्रक्रियामा पुगेका छन्।

यस्तै २२ मुद्दामा निर्णय भइसकेको, ४ वटा तामेलमा राखिएको, ५ मुद्दा खारेज गरिएको, ४ मुद्दा फिर्ता भएको र ९४ मुद्दा अझै कारबाही प्रक्रियामा रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।न्याय कानुन शाखाका अधिकृत छैठो कुलदिप कुमार रायका अनुसार एउटा मुद्दा टुंगोमा पुग्न कम्तीमा पनि एक महिना लाग्ने गरेको अनुभव समितिसँग रहेको छ। चालू आर्थिक वर्ष २०८२÷०८३ को प्रारम्भसँगै हालसम्म ६ वटा नयाँ मुद्दा दर्ता भइसकेका छन् र ती मुद्दा पनि कानुनी प्रक्रिया अनुसार अघि बढाइरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ