hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

वातावरण संरक्षणका लागि शिवशक्ति ग्रुपद्वारा वृक्षारोपण

रञ्जन यादब /बारा

वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यका साथ शिवशक्ति ग्रुपले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराको जीतपुरमा रहेको शिवशक्ति ध्यु उद्योगको पर्खाल रहेको सडक छेउमा गरिएको वृक्षारोपण कार्यक्रम शिवशक्ति ग्रुपका अध्यक्ष राजकुमार गाडियाले बिरुवा लगाएर उद्घाटन गरेका थिए। शिवशक्ति उद्योगका प्रशासकीय अधिकृत प्रमोद पटेलले उद्योग परिसर र सडक छेउमा १८० भन्दा बढी अशोकका बिरुवा लगाउने योजना रहेको जानकारी दिए। उनका अनुसार लगाइएका बिरुवालाई संरक्षणका लागि बाँसका डाले (घेराबार) बनाईएको छ भने नियमित हेरचाह तथा संरक्षणका लागि जनशक्ति परिचालन गर्ने योजना समेत रहेको छ।

कार्यक्रममा शिवशक्ति उद्योगका प्रबन्ध निर्देशक सन्दिप कुमार गाडिया, प्रमुख कार्यकारी अधिकृत सतीश कुमार अग्रवाल, जीतपुरसिमरा उपमहानगरपालिका–८ का अध्यक्ष शिवशंकर कुश्वाहा, वित्त व्यवस्थापक ललित शर्मा र लेखा अधिकृत राजेश कुश्वाहालगायतको उपस्थिति थियो।शिवशक्ति ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका वातावरणमैत्री गतिविधि निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। वृक्षारोपण कार्यक्रमले स्थानीय बासिन्दामा पनि वातावरणप्रति सचेतना जगाउने विश्वास गरिएको छ।