hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष  कुशवाहा  पार्टिबाट  निष्कासन

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाराका पूर्व जिल्ला समिति सदस्य तथा प्रसौनी गाउँपालिका–६ का निर्वाचित वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीले ६ महिनाका लागि निष्कासन गरेको छ।

माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिस गरेको र त्यसअनुसार माओवादी केन्द्र मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो।

हालको घटना विवरण
स्थायी घर पर्सा जिल्ला बहुदरमाई नगरपालिका–३ र हाल अस्थायी बसोबास बारा जिल्ला प्रसौनी गाउँपालिका–६ प्रस्टोका बेलहिया बस्ने शिक्षक नागेश्वर कुमार यादवमाथि २०८२ साउन २८ गते बेलुकी प्रसौनी गाउँपालिका–६ अन्तर्गत बेलहिया बजारमा तछाडमछाड गरी वडा कार्यालयमा लगिएको र त्यहाँ नाङ्गै पारेर कुटपिट गरिएको घटनामा वडा अध्यक्ष कुशवाहाको संलग्नता देखिएको पार्टीले जनाएको छ।

उक्त दिन कुशवाहाको निर्देशनमा ४–५ जना युवाहरुले यादवलाई बजारमा लछारपछार गर्दै वडा कार्यालयसम्म पुर्‍याई त्यहाँ नाङ्गै पारेर पिटेको भिडियो पार्टीलाई उपलब्ध भएको छ। पीडित शिक्षक यादवले साउन २९ गते जिल्ला प्रहरी कार्यालय, कलैयामा उजुरी दिएका थिए। साथै उनले पार्टी जिल्ला कमिटीलाई समेत पत्र लेख्दै वडा अध्यक्ष कुशवाहामाथि कारबाही गर्न माग गरेका थिए।

भदौ १ गते प्रहरीले कुशवाहालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पार्टीले जनाएको छ कि घटनासम्बन्धी भिडियो र फोटो बरामद भएकाले कुशवाहा दोषी प्रमाणित भएका छन्।

बिगतका मुद्दा र सजाय
यसअघि पनि कुशवाहा विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रमाणित भइसकेको छ।

कुटपिट मुद्दा : बारा जिल्ला अदालतले रु २ हजार जरिवाना तोकेको थियो।

चेक अनादर मुद्दा : अदालतले रु ३ हजार जरिवाना तोकेको थियो।

आपराधिक लाभ मुद्दा : अदालतले रु १ हजार जरिवाना तोकेको थियो।

यी तीन फरक–फरक मुद्दामा अदालतले सजायको फैसला गरेको भए पनि फैसला कार्यान्वयन हुनुअघि नै कुशवाहा फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनी अन्ततः जेठ ११ गते पक्राउ परेका थिए।

सिफारिसका आधारहरू
१) वडा कार्यालयमा नाङ्गै पारेर कुटपिट जस्तो गैरकानुनी कार्यमा संलग्न हुनु।
२) यसअघि समेत कुटपिट, चेक अनादर र आपराधिक लाभका मुद्दामा अदालतबाट सजाय पाइसक्नु।
३) पार्टी अनुशासन तथा विधि–विधानको गम्भीर उल्लङ्घन गर्नु।
४) पार्टीप्रतिको जनविश्वास र सामाजिक छविमा नकारात्मक असर पार्नु।
५) पार्टी विधानको धारा ५७ बमोजिम अनुशासनको कारबाही गर्नु पर्ने अवस्था सिर्जना हुनु।
६) घटनासम्बन्धी भिडियो, फोटो, पीडितको बयान, पार्टी गाउँ समितिको सिफारिस पत्र, साथै सामाजिक सञ्जालमा कुशवाहाले पार्टी विरोधी गतिविधि गर्दै आएका प्रमाणहरू उपलब्ध हुनु।

पार्टीको निर्णय
उपरोक्त प्रमाण र गतिविधिले पार्टीको आदर्श, मूल्य मान्यता, अनुशासन तथा सामाजिक छविमा गम्भीर क्षति पु¥याएको भन्दै पार्टी जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरेको र मधेश प्रदेश समितिले ६ महिनाका लागि साधारण सदस्यतासमेत खारेज गरी निष्कासन गर्ने निर्णय गरेको हो।

पार्टीले स्पष्ट पारेको छ कि, “अनुशासन विपरीतका गतिविधि पार्टी संगठन र सामाजिक मूल्य मान्यताका लागि असह्य हुन्छन्, त्यसैले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई पार्टीले कुनै पनि हालतमा सहने छैन।”