hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बिरगंज–३२ रामबनबाट २४ थान चिरानकाठ बरामद

रञ्जन यादब /

बिरगंज महानगरपालिका वडा नं.३२ रामबनबाट अबैध २४ थान चिरानकाठ बरामद गरिएको छ। सबैया सब–डिभिजनको टोली रेञ्जर भुपाल रोकायको नेतृत्वमा पुगेको टोलीले रामबनस्थित एक घरबाट उक्त काठ फेला पारेको हो। डिभिजन वन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार बरामद काठ १६.४८ क्युफिट बराबरको छ। तीमध्ये एक थान चिरानकाठ बाहिर र बाँकी २३ थान घरभित्र ताल्चा हानेर राखिएको अवस्थामा भेटिएको रेञ्जर रोकायले जानकारी दिए।

घर खानतलासीका क्रममा काठ राखिएको घरको ताल्चा खोल्न दबाब दिइएकोमा एक महिला साँचो फालेर फरार भएको पनि रोकायले बताए। वडा र प्रहरी प्रतिनिधिको उपस्थितिमा गरिएको खानतलासीमा चिरानकाठसँगै १ थान साइकल, १ थान आरा र १ थान कैँचा समेत बरामद गरिएको छ ।बरामद गरिएको काठलाई सबैया सब–डिभिजन कार्यालयको नियन्त्रणमा राखिएको र घरधनीको पहिचानका लागि वडा कार्यालयलाई पत्र पठाइएको रोकायले जानकारी दिए। यसबारे थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले बताए। त्यस्तै बढ्निहार सब डिभिजन बन कार्यालयले १५ वटा साईकलमा लोड दाउरा बरामद गरेको छ । बरामद काठलाई बढ्निहार सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको जनाईएको छ ।