रामबृक्ष यादव स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

रञ्जन यादब ./बारा

नेकपा (माओवादी केन्द्र) जीतपुरसिमरा नगर कमिटीले महान सहिद रामबृक्ष यादवको स्मृति दिवसको अवसरमा नगर अस्पतालका बिरामीलाई जुस तथा फलफूल वितरण गरेको छ । सहिद यादवको स्मृतिमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले उनको जीवनी, संघर्ष र योगदानबारे चर्चा गरेका थिए।

नगर कमिटीका अध्यक्ष प्रेम बरालले तत्कालीन निरंकुश शासनविरुद्ध स्वतन्त्र विचार राखेका कारण यादवलाई सत्ता शासकहरूको इसारामा हत्या गरिएको स्मरण गराए।रामबृक्ष यादव बाराका प्रखर क्रान्तिकारी नेता थिए। सामाजिक न्याय, समानता र परिवर्तनका लागि सक्रिय रहँदै आएका यादव तत्कालीन पञ्चायती शासनको विरोधमा जनआन्दोलनमा होमिएका थिए। स्वतन्त्र विचार र निरंकुश शासनविरुद्धको स्पष्ट धारणा राखेकै कारण उनी सत्ता शासकहरूको निशानामा परेका थिए।

जनताको हक र अधिकारका लागि लड्दा उनले जीवन आहुति दिएका कारण उनलाई “महान सहिद“का रूपमा सम्मान गरिन्छ।फलफूल वितरण कार्यक्रममा माओवादी केन्द्रका विभिन्न नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बेनि तिम्लसिनाले गरेका थिए।