बहुबिवाहसम्बन्धी मस्यौदा खारेजीको माग गर्दै जीतपुरमा महिलाहरूको चक्काजाम

रञ्जन यादब /बारा

बाराको जीतपुरमा महिलाहरूले बहुबिवाहसम्बन्धी प्रस्तावित मस्यौदाको विरोधमा चक्काजाम गरेका छन्। नारी शक्ति विकास मञ्च जीतपुरको अगुवाइमा महिलाहरूले वीरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुर सडकखण्डको चोकमा करिब आधा घण्टा सवारी अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले “प्रस्तावित मस्यौदा खारेज गर“, “महिला हेप्न पाइँदैन“, “समता, समानता, अधिकार हाम्रो नारा हो“ लगायतका नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।नारी शक्ति विकास मञ्च जीतपुरकी अध्यक्ष आशा दहालको नेतृत्वमा महिलाहरू सडकमा उत्रिएका थिए। उनीहरूले महिलामाथि अन्याय र विभेद हुने खालका कानुनी प्रावधान नमानिने स्पष्ट पारेका छन्।प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।