जीतपुरसिमराका मेयर पौडेलद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले रास्वपा सभापति रवि लामिछानेको समर्थनमा जनहस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन्। उनले रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै समर्थन जनाएका हुन्।् ।नेकपा (माओवादी केन्द्र)का तर्फबाट निर्वाचित मेयर पौडेलले हस्ताक्षर गर्दै रवि लामिछानेविरुद्ध भइरहेको कार्यप्रणाली अस्वाभाविक र नियतवश भएको दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी तथा विदेशमा समेत सञ्चालन गरिरहेको जनहस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी, प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारणहरू सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।् ।रास्वपाले यो अभियानलाई अभिव्यक्ति स्वतन्त्रता र न्यायिक निष्पक्षताप्रतिको समर्थनको रूपमा अघि सारेको जनाएको छ।