रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका–११ आमाडारमा सम्पन्न सर्वदलीय बैठकले ११ सदस्यीय सर्वदलीय दलित सञ्जाल समिति गठन गरेको छ। वडा अध्यक्ष बिन्दालाल साहको अध्यक्षतामा सम्पन्न बैठकमा दलित समुदायको अधिकार र सहभागिता सशक्त बनाउन समिति गठन गरिएको हो।
नवगठित समितिमा अध्यक्षमा दिपलाल राम महरा, उपाध्यक्षमा सुरेन्द्र महतो तत्मा, सचिवमा दिपेन्द्र महतो, सह–सचिवमा प्रदीप कुमार माझी र कोषाध्यक्षमा जीतेंद्र महतो चयन भएका छन्। यस्तै सदस्यहरूमा कलिता देवी, फुलवा देवी महतो, इन्द्रा देवी महतो, राम दुलारी देवी, सबिता देवी र तेतरी देवी रहेका छन्।् ।कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का जीतपुरसिमरा नगर अध्यक्ष प्रेम बराल रहेका थिए। उनले माओवादीले सञ्चालन गरेको जनयुद्ध र आन्दोलनकै कारण दलित समुदायको अधिकार स्थापित भएको दाबी गरे। “अघिल्लो पुस्तामा दलितलाई मानवको रुपमा नभई दासको रुपमा हेर्ने चलनमा माओवादी आन्दोलनले न्यूनता ल्याएको छ,” उनले भने।कार्यक्रम सञ्चालन वडा सदस्य सुरेश यादवले गरेका थिए। कार्यक्रममा वडा नं। ५ का वडा सदस्य ईन्दल पासवान, राजदेव पासवान लगायतको उपस्थिति रहेको थियो।