बैदेशिक रोजगार सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘सामी’ कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका सभाहल, जीतपुरमा बैदेशिक रोजगार सुरक्षित तथा व्यवस्थित बनाउन उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजनामा तथा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाराको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सरोकारवाला निकायहरू, प्रहरी, पत्रकार, स्थानीय जनप्रतिनिधि, विषयगत शाखा, न्यायिक समिति, स्वास्थ्य शाखाका अधिकारीहरू समेतको सहभागिता रहेको थियो।

सहभागीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममार्फत वैदेशिक रोजगारका समस्या र समाधानमाथि विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सामीका बारा जिल्ला संयोजक सरोज सिंहले प्रशिक्षण दिएका थिए। उनले बारा जिल्ला, जीतपुरसिमरा उपमहानगरपालिका तथा समग्र देशको वैदेशिक रोजगारको अवस्थाबारे जानकारी गराएका थिए।कार्यक्रम उपमहानगरपालिकाका युवा, खेलकुद तथा शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादको अध्यक्षता तथा उपप्रमुख भोला अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन सामाजिक विकास शाखा प्रमुख रामेश्वर बञ्जाराले गरेका थिए।सहभागीहरूले वैदेशिक रोजगारीमा देखिएका समस्याहरू तथा यस क्षेत्रलाई थप सुरक्षित, सहज र व्यवस्थित बनाउन आवश्यक पहल र सुझावहरू राखेका थिए।