जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक, लोगोले के सङ्केत गर्छ ,बिस्तृतमा पढ्नुस

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो आधिकारिक प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । उपमहानगरपालिकाबासीले यसप्रती आफ्नो बिचार र धारणा राख्ने क्रम जारी छ ।कतिपयले सार्बजनिक गरिएको लोगोलाई राम्रो जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्ने लोगो भनेका छन् भने कतिपयले यस लोगोलाई सर्प जस्तो ,बुढाबुढीको  लठ्ठी जस्तो ,जलपरीको पुच्छर ,लुडोको भर्याङ्ग र सर्प जस्तो लोगो लगायत भनी सामाजिक सञ्जालमा टिकाटिप्पणी गरी रहेका छन् । यस प्रतीक चिन्हमा उपमहानगरपालिकाको भौगोलिक, ऐतिहासिक, सामाजिक, वैज्ञानिक र सांस्कृतिक विशेषताहरूलाई समेटिएको जनाउँछ । समावेशी विकास र बहुक्षेत्रीय संयोजनलाई संकेत गर्ने यो लोगो शिल्प, चिन्ह र रङको दृष्टिकोणले गहिरो अर्थ राख्दछ ।लोगोको संरचना अंग्रेजी अक्षर “जे” र “एस ” बाट प्रेरित छ, जहाँ “जे ” ले जीतपुर र “एस े” ले सिमरालाई प्रतिनिधित्व गर्छ। यी अक्षरहरूलाई कलात्मक तरिकाले संयोजन गरी एकीकृत लोगो निर्माण गरिएको छ ।

लोगोमा समावेश गरिएका प्रमुख संकेतहरू यसप्रकार छन्

हात्ती ः पर्सा राष्ट्रिय निकुञ्ज हात्तीको मुख्य बासस्थान

पहाड (रातो रंगमा) ः हिमाली र पहाडी भौगोलिक क्षेत्रको प्रतिनिधित्व।

डीएनए हेलिक्स (निलो रंगमा) ःविज्ञान, अनुसन्धान, जैव(प्रविधि र स्वास्थ्य सेवाको प्रतीक।

स्तम्भ ः ऐतिहासिक र सांस्कृतिक सम्पदाको संकेत, जसले उपमहानगरको गौरवपूर्ण इतिहास झल्काउँछ ।

धानको बाला (पहेँलो रंगमा)ः कृषि तथा ग्रामीण जीवनशैलीप्रति सम्मान, उपमहानगरको कृषि आधारित अर्थतन्त्रको प्रतिनिधित्व ।

रेलवे ट्र्याकजस्तो बनावट ः यातायात, पूर्वाधार र आर्थिक विकासको संकेत।

खुलेको पुस्तक ः शिक्षा, ज्ञान र मानव स्रोत विकासप्रति प्रतिबद्धता।

 

रङ संयोजनमा रातो, निलो र पहेँलो रंग प्रमुख छन् , जसले क्रमशः शक्ति र राष्ट्रियता, विज्ञान र शिक्षा, तथा कृषि र समृद्धिको प्रतीकात्मकता प्रस्तुत गर्छन्।् ।उपमहानगरपालिकाले दिएको जानकारी अनुसार, लोगोको तल्लो भागमा रहेको अर्धवृत्ताकार बनावटले समृद्धि र सन्तुलित विकासलाई झल्काउँछ। ठाडो (संरचनाले स्थायित्व, समर्पण र भविष्यतर्फको प्रगतिलाई समेत संकेत गर्दछ । उक्त लोगो उपमहानगरपालिकाको पहिचान मात्र नभई यसको बहु आयामिक विकासको दृष्टिकोण, ऐतिहासिक, भौगोलिक, जैविक, सांस्कृतिक, तथा आधुनिक प्रविधिप्रतिको प्रतिबद्धताको प्रतिविम्बको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको छ ।