रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ द्वारा वार्षिक मौसम अनुसारको तरकारीको हाइब्रिड उच्च जातको बीउ शुक्रबार निःशुल्क वितरण गरिने भएको छ ।
वडाध्यक्ष भोजहादुर खत्रीका अनुसार, कृषकहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहित गर्ने उद्देश्यले वडाले निःशुल्क बीउ वितरणको कार्यक्रम ल्याएको हो। स्थानीय उत्पादन वृद्धिमा टेवा पुर्याउने उद्देश्यले वडाले यस प्रकारका विभिन्न कृषक–हितका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
यस योजनाअन्तर्गत इच्छुक कृषकहरूले वडा कार्यालयमा उपस्थित भई बीउ प्राप्त गर्न सक्नेछन्। वडाले कृषकहरूलाई समयमै उपस्थित भई बीउ ग्रहण गर्न अनुरोध गरेको छ। वडाको यो प्रयास कृषकहरूका लागि लाभदायक हुने विश्वास गरिएको छ ।
बीउ वितरण कार्यक्रम स्थानीय कृषकहरूले यस कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै वडाले आगामी दिनहरूमा पनि यस्ता कृषक–हितका कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा व्यक्त गरेका छन्।

