मधेस प्रदेशमा कृषि पर्यटन प्रवर्धनका लागि अध्यक्ष लामिछानेद्धारा ध्यानाकर्षण

रञ्जन यादब /बारा

सिंहदरबारस्थित कृषि मन्त्रालयमा आज कृषि मन्त्री रामनाथ अधिकारी तथा पर्यटन मन्त्रालयमा सचिव विनोद प्रकाश सिंह सँग जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने भेटेका छन् ।

भेटका क्रममा मधेस प्रदेशमा कृषि पर्यटन प्रवर्धनका लागि आवश्यक पहलहरूबारे छलफल गरेको अध्यक्ष लामिछानेले बताए । उनले जीतपुरसिमरा उपमहानगरपालिकामा कृषि सेड निर्माण, बहुउद्देश्यीय तालिम केन्द्र भवन तथा विभिन्न विकास निर्माण परियोजनाहरूको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जानकारी दिए ।

भेटघाटमा कृषि पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा कृषि उत्पादनलाई पर्यटकीय क्षेत्रमा रूपान्तरण गर्ने विषयमा समेत विशेष छलफल भएको थियो । उपस्थित पदाधिकारीहरूले यस विषयमा आवश्यक नीति तथा कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।