hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

नगर प्रमुख पौडेलद्धारा ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त, जनयुद्धको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न आहवान

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्।उनले जनयुद्धको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै जनताले प्राप्त गरेका परिवर्तनहरूलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणमा योगदान दिनुपर्ने बताएका छन्।

शुभकामना सन्देशमा उनले राजनीतिक परिवर्तनको ऐतिहासिक सन्दर्भलाई जनताले सदैव सम्झनुपर्ने उल्लेख गरेका छन्।यस अवसरमा, उनले जनयुद्धका क्रममा प्राण गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न योगदान दिने नेताहरू तथा नागरिकहरूको योगदानको उच्च सम्मान व्यक्त गरे। पौडेलले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा नयाँ संविधानमार्फत संघीय प्रणालीलाई संस्थागत गरिएको उल्लेख गरे।

उनले २०५१ फागुन १ गते सुरु भएको जनयुद्धको प्रभावले नेपाललाई एकात्मक राज्य प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। जनयुद्धकै कारण २०६२÷६३ को जनआन्दोलन सफल भएको र त्यसपछि संविधानसभामार्फत लोकतान्त्रिक संविधान जारी गरिएको उनले उल्लेख गरे।

शुभकामना सन्देशमार्फत प्रमुख पौडेलले ३०औं जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र इतिहासलाई बुझ्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले जनयुद्धको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सबै नेपालीलाई आह्वान गरेका छन्।