स्थानीय युवाहरूलाई रोजगार तथा आत्मनिर्भर बनाउँन सिमरामा तालिम सुरु

रञ्जन यादब /बारा

स्थानीय युवाहरूलाई उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रोत्साहित गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आईतबार देखि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम प्रदान गर्न गरिरहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका र राष्ट्रिय युवा परिषद् तथा सानोठिमी भक्तपुरको सहकार्यमा उपमहानगरपालिकाले उक्त तालिम श्री ने.रा.नमुना मा.बि. सिमराको सभाहलमा प्रदान गरिरहेको उपमहानगरपालिकाको उद्यम शाखाका बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिए ।एक कार्यक्रमकाबिच उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गरेका छन् ।

तालिममा सहभागिहरुलाई राष्ट्रिय यूवा परिषदका प्रशिक्षकहरु बालकृष्ण गैरे र सावित्रा आचार्यले प्रशिक्षण दिईरहेका छन् । औपचारिक कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, साना किसान कृषि सहकारी संस्था सिमराकी अध्यक्ष कमला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिकाकी सदस्य प्रभावती पासवान, नगर सभा सदस्य विशाल घिमीरे लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

 

नगर प्रमुख राजन पौडेलको निर्देशनमा स्थानीय युवाहरूलाई उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रोत्साहित गर्न सात दिने “उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

१६ देखि ४० वर्ष उमेर समूहका नयाँ उद्यमी तथा व्यवसाय दर्ता गरी ब्यवसाय सुधार गर्ने सोचमा रहेका इच्छुक युवाहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको उद्यम सहजकर्ता उषा बुढाथोकिले बताईन् । अन्तराष्ट्रिय श्रम संगठनको तालिम प्याकेज अनुसार सञ्चालन भईरहेको तालिममा ३५ जना सहभागीहरु रहेका छन् । तालिम माघ २७ गतेदेखि फागुन ३ गतेसम्म चल्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।