झब्ररामा अबैध दाउरा तस्क्री रोक्ने क्रममा झड्प , स्थानीयले गरे ढुङ्गामुढा प्रहार

रञ्जन यादब /पर्सा

अबैध दाउरा तस्करी रोक्न गएका पर्साका बन गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार भएको छ । सबैया साझेदारी बन क्षेत्रमा दाउराको तस्करी रोक्न गएका बन गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

२०।२५ जनाको सङ्ख्यामा आएका झब्ररा स्थित धाँगर टोलका स्थानीयहरुले बन गस्ती टोली सवार ट्रयाक्टरमा ढुङ्गामुढा गरेका थिए । सबैया सब डिभिजन बन कार्यालयका रेञ्जर भुपाल रोकायका अनुसार जङ्गल क्षेत्रबाट दाउराको चिरपटहरु लोड रहेको ५।६ वटा साईकलको दाउरा खोसेर ट्रयाक्टरमा लोड गरिरहेका थियौँ ।बाँकी त्यहाँ रहेका १५।२० वटा साईकल दाउरेहरु र दाउरा खोसिएका दाउँरेहरु ५ जनाको संख्यामा रहेका बन गस्ती टोलीमाथी आक्रमक बनेका थिए ।

बन गस्ती टोली भन्दा बढि संख्यामा रहेका दाउँरेहरु बनगस्ती टोलीमाथी जाईलाग्ने प्रयास गरेको थिए । ट्रयाक्टरमा फर्किरहेका बनगस्ती टोलीलाई दाउरा तस्करी गर्नेको समुहले पछ्याएको थियो । तस्करहरुको समुहले ढुङ्गामुढा गर्दा ढुङ्गा गाडिको बिभिन्न भागमा लागेको थियो ।यद्यपी बन गस्ती टोलीलाई चोट लागेको वा घाईते भएको खबर अहिलेसम्म प्राप्त भएको छैन् ।

त्यस्तै पटेर्वा सुगौली, वाड नं. २ मनकामना टोलबाट एक थान गोलिया बरामद भएको छ । रङ्गपुर सब डिभिजन बन कार्यालयबाट फरेष्टर पुरुषोत्तम पटेलले मोटरसाईकलबाट लखेटेर करिब ३ क्युफिट सालको गोलिया बरामद गरेका हुन् । साईकलमा लोड गरी लग्दै गरिएको अवस्थामा फरेष्टर पटेलले मोटरसाईकलले साईकललाई ठक्कर दिएका थिए । काठ चोर साईकल र काठ छोडि फरार भएको फरेष्टर पटेलले बताए ।बन गस्ती टोलीले काठ चोरलाई पक्राउ गर्ने प्रयास गरे पनि उनीहरू उम्किन सफल भएको जनाईएको छ ।