रञ्जन यादब
स्तर तह वृद्धिको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु धर्नामा बसेका छन् ।मधेश प्रदेश सरकारले भदौ ०७ गते जारी गरेको स्थानिय सेवा(गठन तथा संचालन ) ऐन २०८१ को दफा २९ को उपदफा ४ बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र कार्यरत रहेका कर्मचारीहरुको स्तर÷तह वृद्धिको सुचना निकालेको र सो बमोजिम आवस्यक कागजात पेश गर्दा पनि पालिकाले स्तर÷तह वृद्धि प्रक्रिया अगाडी नबढाएको भन्दै कर्मचारीहरु पेन डाउन गर्दै शुक्रवार देखि धर्नामा बसेका हुन् ।उपमहानगर भित्रका करिब ३३ जना कर्मचारीहरुले स्तर÷तह वृद्धिको माग गर्दै धर्नामा बसे पछि कामकाज प्रभावित भएको छ ।उनीहरुले आफुहरुको माग पुरा नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका छन् ।