रञ्जन यादब /बारा
मकवानपुर, रौतहट, र बारा डिभिजन वन कार्यालयका अधिकारीहरूको संयुक्त बैठक बाराको सिमरामा सम्पन्न भएको छ । बैठकले यी तीनवटै जिल्लाको चोरी–तस्करीको दृष्टिकोणले संबेदनशील वन क्षेत्रको पहिचान गरेको छ ।
बैठकमा वन क्षेत्रको सुरक्षा मजबुत बनाउन संयुक्त गस्ती सञ्चालन गर्ने, सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने, र चोरी–तस्करी नियन्त्रणका लागि स्थलगत अनुगमन कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । उनले डिभिजनल र सब–डिभिजन स्तरमा नियमित समन्वय बैठकको आवश्यकता औंल्याउँदै यसलाई नियमित रूपमा आयोजना गरिने समझदारी भएको बताए । बैठकले वन क्षेत्रको चोरी–तस्करी नियन्त्रणका लागि नयाँ रणनीतिहरू अवलम्बन गर्ने र सम्बन्धित निकायहरूबीच थप सहकार्य सुनिश्चित गर्ने योजना अघि सारेको जनाईएको छ ।
बैठकमा डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झा ,डिभिजन बन कार्यालय रौतहटका डिभिजनल बन अधिकृत हेमन्त प्रसाद साह ,डिभिजन बन कार्यालय मकवानपुरका डिभिजनल बन अधिकृत राकेश प्रसाद चन्द्रबंशी र डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमद लगायतको उपस्थिती रहेको थियो ।