पटेर्वा सुगौलीबाट साईकलमा लोेड काठको गोलिया बरामद ,काठ तस्कर फरार

रञ्जन यादब /बारा

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ धर्मबस्तीबाट ३.३७ क्युफिटको सालको गोलिया बरामद भएको छ । रङ्गपुर सब डिभिजन बन कार्यालयबाट जमदार अर्जुन चौधरीको कमाण्डमा गएको बन टोलीले एक थान सालको काठ बरामद गरेको छैठो तहका अधिकृत उज्जवल यादबले जानकारी दिए ।

करिब ७ बजेको समयमा साईकलमा काठको गोलिया लोड गरि ल्याईरहेको अवस्थामा बन गस्तीटोली सँग जम्का भेट भएको थियो । काठ तस्कर काठको गोलिया सहितको साईकल छोडि फरार भएको अधिकृत यादबले बताए ।

बरामद साईकल र काठलाई रङ्गपुर सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।