पोतामा भलिबल प्रतियोगिताको आयोजना

रञ्जन यादब /बारा

मधेश प्रदेश भोलि बल संघले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१३ पोतामा भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा बारा ,पर्सा र सर्लाहि जिल्लाको महिला र पुरुष भलिबल क्लबहरुका खेलाडिहरुको सहभागिता रहेको मधेश प्रदेश भोलिबल संघका माहासचिव रामानन्द सिँह थारुले जानकारी दिए ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउँने उदेश्यले मधेश प्रदेशका बिभिन्न ठाउँहरुबाट खेलाडि छनोट गर्ने काम भईरहेको उहाँले बताउँनुभयो । त्यसै अनुरुप पोतामा भलिबल प्रतियोगिता गरी खेलाडि छनोटको काम भईरहेको जानकारी दिनुभयो । खेलमा जित्ने टिम मात्र नभई राम्रो खेल्ने प्रदेशका महिला र पुरुष १२।१२ जना खेलाडि छनोट हुने माहासचिव थारुले बताउँनुभयो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुख्रेतमा फागुन महिनामा हुने जनाईएको छ । यस भन्दा अगाडि मंशिर २ गते देखि राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गर्ने भनिएपनि तयारी पुरा नभएर स्थगित भएको थियो । प्रतियोगिता अघि भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि वडा नं.१३ का वडा अध्यक्ष हेमनारायण चौधरी रहेका थिए भने कार्यक्रममा जितेन्द्र चौधरी , प्रमोद चौधरी लगायतको सहभागिता रहेको थियो ।