hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बाँसघारीबाट तीन थान साल काठको गोलिया बरामद

रञ्जन यादब /पर्सा

पर्सागढी नगरपालिका वडा नं.८ रमौलीको बाँसघारीमा लुकाईछिपाई राखिएको अवस्थामा तीन थान साल काठको गोलिया बरामद भएको छ । बिशेष सुचनाको आधारमा बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहको अध्यक्ष मोहम्द रिजवानुल हकको नेतृत्वमा गएको टोलीले करिब २५ क्युफिटको तीन थान सालको काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय एक टाङ्गाबाट बरिष्ठ प्रहरी नायब निरिक्षकको नेतृत्वमा , सशस्त्र बेस क्याम्प तित्रौनाबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा र सब डिभिजन बन कार्यालय बड्निहारबाट जमदार जीत बहादुर तमाङ्गको कमान्डमा सशस्त्र बन रक्षकको टोली पुगेको थियो ।

काठ बस्ती भन्दा करिब ५ सय मिटरको दुरीमा बाँसघारीमा लुकाईछिपाई राखिएको अवस्थामा फेला परेको बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहको अध्यक्ष हकले जानकारी दिए ।बरामद सालको काठलाई सब डिभिजन बन कार्यालय बडनिहारको नियन्त्रणमा राखिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।