पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

इस्लामाबाद, माघ १२- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा दुई महिला पनि घाइते भएका छन् । एजेन्सी

अब व्यवसायीले सेवा शुल्क लिन नपाउने, लिएको पाइए कारबाही हुने

काठमाडौँ, माघ १२– अब व्यवसायीले सेवा शुल्क लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले वस्तु तथा सेवाको मूल्यमा थप ‘सेवा शुल्क’ लिन नपाउने फैसला गरेको हो । कुनै पनि व्यवसायी अब सेवा शुल्कको नाममा थप रकम लिन नपाउने भएका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र … Read more

बारा प्रहरीले बिभिन्न मुद्दाका फरार ३३२ जनालाई एकै दिनमा गर्यो पक्राउ

बारा, माघ ११ गते । बिभिन्न मुद्दामा फरार रहेका ३३२ जनालाई बारा प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट एकै दिन पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने … Read more

पप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने

काठमाडौं, माघ ११- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ। बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो। आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तले बहस गरेका थिए भने सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरे। सर्वोच्च अदालतको संवैधानिक इजलासमा … Read more

समान विचार लिएकासँग एकता गर्न राप्रपा नेपालले बनायो कमिटी

काठमाडौँ, माघ ११– राप्रपा नेपालले समान विचार भएका दल तथा समूहसँग सहकार्यको लागि वार्ता कमिटी गठन गरेको छ । सोमबार र मंगलबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वार्ताका निम्ति कमिटी गठन गरेको हो । उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित कमिटीमा महामन्त्री द्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष … Read more

रिट निवेदकका वकिलको जिकिर-रविको नेपाली नागरिकता कायम छैन

काठमाडौं, माघ ११- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ। रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन्। रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन्। बहसका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले … Read more

चलचित्र ‘जारी’को पोस्टर सार्वजनिक, बैशाख १ गते प्रदर्शन हुने

काठमांडौ, माघ ११ गते । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र  ‘जारी’को आधिकारिक पोस्टर सार्वजनिक भएकाे छ । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय रहेको छ । पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई समेटेको चलचित्र आगामी बैशाख १ गते प्रदर्शन हुने घोषणासमेत … Read more

बलात्कार आरोपी निजगढका वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

बारा, माघ ११ गते । किशोरीलाई बलात्कार गरेको आरोपमा बाराको निजगढका एक वडाध्यक्ष लाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नगरपालिका – २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशानुसार प्रहरीले श्रेष्ठलाई विरगञ्ज कारागार चलान गरेको छ … Read more

तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले, अझै ७ मन्त्रालय आफैंसँग

बारा, माघ ११ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। मधेस प्रदेशमा १० मन्त्रालय मध्ये मुख्यमन्त्री यादवले … Read more

नक्कली मोबिलको कालोबजारी गर्ने २ जना वीरगञ्जबाट पक्राउ

पर्सा, माघ गते । पर्सा जिल्लाको विरगञ्जबाट नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको वीरगञ्ज महानगरपालिका – ३ छपकैयास्थित समसुन ट्रेडर्सका सन्चालकद्वय छपकैयाकै ३५ वर्षिय शेख आविद अली र वीरगञ्ज १७ अलौंका २३ वर्षिय शेष कौशललाई पर्सा प्रहरीले पक्राउ गरेको हो । विरगञ्को वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित … Read more