ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जर, एकीकृत कारोबार पुस २५ गतेदेखि

काठमाडौं, पुस २१ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेको हो। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

पथलैया-निजगढ: सकर्पियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई घाइते

बारा, पुस २१ गते । पथलैया–निजगढ सडकखण्डमा स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका एक पुरुषको मृत्युभएको छ भने दुई महिला घाईते भएका छन् । पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउदै गरेकोग२च ४४१३ नम्बरको स्कोरपियोले प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा … Read more

बाराको सिमरामा सवारी दुर्घटना: पहिचान नखुलेको एक पुरूषको मृत्यु

बारा, पुस २१ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा लहरी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक पुरुषको मृत्यु भएको हो । सिमराको जगदम्बा स्टील्स् अगाडी हिजो बुधवार राती दुर्घटना भएको थियो । वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना७ख ४२३७नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आईरहेको ना२०प ७१६४ मोटरसाईकललाई ठक्कर दिदा पहिचान नखुलेको एक पुरुषको मृत्युभएको … Read more

चोरी आरोप लागेको घरमा खोजतलासी गर्न गएको प्रहरी माथि खुर्सानी सहितको तातोपानी र ढुंगा प्रहार

बारा, पुस २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुरमा आफ्नै छिमेकीको घरबाट चोरी गरेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीतपुरको नसिमनगर टोलमा स्थानीय नसरुदीन देवानको घर बाट मंगलबार राति चोरी गरेको आरोपमा स्थानीय रिजवाना खातुन सहित उनको घरको अन्य ४ जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नासरुदीन देवानको श्रीमती … Read more

उद्योगी व्यवसायीलाई यो सरकारले रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने

काठमाडौं,पुस २०- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्। उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत … Read more

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारलाई समर्थन एजेन्डा

काठमाडौं,पुस २०- सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। बुधबार पार्टीनिकट युवा संघको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गरेपछि उनी प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्। त्यहाँ दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा हुने स्रोतले जनाएको छ। समाजवादीको चार दिन … Read more

चिसोका कारण जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालय तिन दिनका लागि बन्द

जीतपुर, पुस १९ गते । अत्याधिक चिसोका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय तिन दिनका लागि बन्द गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका को कार्यालयले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा समिति को निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन पुष १९,२० र २१ … Read more

बारा: बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बारा, पुस १९ गते । इलाका प्रहरी कार्यालय निजगढले छिमेकी १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले कोठामा पुगेकी … Read more

सरकारको स्पीरिट अनुसार काम गर्न सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिने

काठमाडौं, पुस १९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । हिजो सचिवहरुबाट कामकारबाहीबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री प्रचण्डले आज उनीहरुलाई थप सुझावसहित निर्देशन दिन लागेका हुन् । सोमबार प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे जिज्ञासा राखेका थिए । सो दिन अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ … Read more

निजगढका वडाध्यक्ष श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमती

बारा, पुस १९ गते । जबरजस्ती करणीको मुद्धामा जिल्ला अदालत बाराले निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई समय दिएको छ । म्याद थपका लागि निजगढस्थित इलाका प्रहरी कार्यालय श्रेष्ठलाई सोमबार जिल्ला अदालत पेश गरेको थियो । एक १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका वडाध्यक्ष … Read more