सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा सुमित अधिकारी

रञ्जन यादब /बारा सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै सुमित अधिकारीलाई अध्यक्षमा जिम्मेवारी दिएको छ। शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन अधिकृत लक्की रिमालका अनुसार कार्यकारिणी उपाध्यक्षमा भरत आचार्य र रामपुकार चौधरी चयन भएका छन्। त्यस्तै, उपाध्यक्ष पदमा रविन शाह, रुपम शर्मा, विवेक साह … Read more

जीतपुरसिमरामा सामुदायिक विद्यालयको अस्तित्व समाप्त गर्न सक्रिय समूह, विद्यालय भवनै भत्काइयो

  रञ्जन यादब/बारा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको श्री गौतमबुद्ध आधारभूत विद्यालय नियोजित रूपमा समाप्त पार्ने प्रयास भइरहेको आरोप सार्वजनिक बनेको छ। दिनदहाडै विद्यालयको भवन नै भत्काइएकाे पाइएको छ भने यसबारे स्थानीय सरकार र प्रशासन मौन बसेको भन्दै अभिभावक तथा सचेत स्थानीय आक्रोशित भएका छन्। स्थानीयका अनुसार विद्यालयको नाम, निसाना र पूर्वाधार नै हटाउने उद्देश्यसहित केही व्यक्तिहरू मिलेर … Read more

न्यु एकता स्कुल महिला भलिबल प्रतियोगितामा दुई क्वार्टर फाइनल खेल सम्पन्न

न्यु एकता स्कुल सिमराले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा बिहिबार भएका दुई क्वार्टर फाइनल खेल समापन भएका छन्। पहिलो तथा दोस्रो दुवै खेल रोचक प्रतिस्पर्धासहित सम्पन्न भए । पहिलो क्वार्टर फाइनलमा एकता स्कुलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे  आयाेजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए ।कडा प्रतिस्पर्धामा … Read more

पाथीभरा स्कुलमा जारी पुरुष भलिबल प्रतियोगितामा एक्स–सर्विस म्यान र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन विजयी

  रञ्जन यादब/बारा सिमरास्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा बिहीबारका खेलहरू सम्पन्न भएका छन्। दिवसको पहिलो खेलमा एक्स–सर्विस म्यानले पाथीभारालाई २–१ को सेटमा पराजित गर्दै जित दर्ता गर्यो। यस खेलमा प्रशान्त चौधरी उत्कृष्ट प्रदर्शनका कारण खेलाडी अफ दी म्याच घोषित भए।   त्यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन (RVSSS) ले … Read more

जितपुरसिमरा उपमहानगरपालिकाकाे नगर प्रमुख पाैडेलकाे बाेल्ड निर्णय ,सात निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाईयो

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका (Revised Work Schedule) पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको हो। उपमहानगरपालिकाका पुर्बधार बिकास शाखा प्रमुख ईन्जियर अभयकान्त झाका अनुसार, पटक–पटक सम्झाइ–सुझाइ गर्दा पनि … Read more

सरकारमा सहभागिताको दबाबमा माओवादी केन्द्रका नेता भट्टराई

बारा — मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता युवराज भट्टराई (समिर) लाई सरकारमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्ताले तीव्र दबाब दिएका छन्। अघिल्लो मधेस सरकारमा पर्यटन मन्त्रीको रूपमा ५४ दिनको छोटो कार्यकालमै उल्लेखनीय काम गरेर पहिचान बनाएका भट्टराई पुनः सरकारमा फर्किनुपर्ने आवाज माओवादी भित्र तीव्र बनेको छ। मन्त्री भइसकेका बेला उनले … Read more

पर्सागढीकाे टाँडिबाट दुई थान अवैध काठकाे गाेलिया बरामद

  पर्सागढी नगरपालिका वडा नं. ८ टाँडिबाट दुई थान काठका गोलिया बरामद गरिएको छ। डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदका अनुसार बढ्निहार साझेदारी बन क्षेत्रबाट साइकलमा ल्याइ बाँसको झाङ र पोखरी नजिक लुकाइएका अवस्थामा विशेष सूचनाका आधारमा गएकाे बन गस्ती टोलीले काठ बरामद गरेको हो। बरामद काठ करिब १० क्युफिट बराबरको रहेको बढ्निहार … Read more

बारामा ठूलो मात्रामा काठ तस्करी नियन्त्रण, एक जना पक्राउ

रञ्जन यादब / बारा बारामा काठ तस्करी नियन्त्रण गर्न बन टोलीले विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा काठ बरामद गर्न सफल भएको छ। सो क्रममा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्। मधुबन सब–डिभिजन बन कार्यालय मातहतका सम्पूर्ण पोस्टहरूको संयुक्त एम्बुस टोलीले बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा बथान टोल नजिक … Read more

प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष  कुशवाहा  पार्टिबाट  निष्कासन

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाराका पूर्व जिल्ला समिति सदस्य तथा प्रसौनी गाउँपालिका–६ का निर्वाचित वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीले ६ महिनाका लागि निष्कासन गरेको छ। माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिस गरेको र त्यसअनुसार माओवादी केन्द्र मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो। हालको घटना विवरण स्थायी घर पर्सा जिल्ला … Read more

मनवा जंगलबाट अवैध रूपमा काटिएको काठ बरामद

रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका–१ स्थित मनवा जंगल क्षेत्रबाट तीनथान अबैध काठकाे गालिया ३०.३१ घनफिट (CFT) काे बरामद गरिएको छ । बिन्दाबासिनी कोईलाभार–बढ्निहार साझेदारी वन क्षेत्रमा अवैध रूपमा काटिएको उक्त काठलाई मनवा सब डिभिजनका सशस्त्र वन रक्षक टोली र साझेदारी वनको निगरानी टोलीको संयुक्त प्रयासमा नियन्त्रणमा लिईएकाे डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदले … Read more