रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देखिन सुरु

रञ्जन यादब /बारा

रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देख्न सुरु भएको छ । बारा र पर्साका बिद्यालय र संघ संस्थाहरुले शुक्रबार देखि नै एक कार्यक्रमको आयोजना गरी शुभकामना अदानप्रदान गरी एक अर्कालाई रङ्गलगाई होलि मनाईरहेका छन् । बिद्यार्थी र शिक्षकहरु बिद्यालयबाट घर फर्किने क्रममा रङ्गले रङ्गीबिरङ्गी भएका थिए ।त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ र बारा उद्योग बाणिज्य संघले पनि होलि मिलन कार्यक्रमको आयोजना गरी होली मनाएको छ ।बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार होली पर्व परेको छ । होलीको अवसरमा क्षेत्रअनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । सद्भावको रूपमा लिइएको यो पर्व उल्लासमय छ । विगतका वर्षहरूमा कोभिड संक्रमणले खुम्चिएको होली यस वर्ष भने विशेष देखिएको छ ।

आम नागरिकहरू उल्लासमय तरिकाले होली मनाइरहेका छन् ।होली पर्व एकआपसमा सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वको रूपमा रहेको छ । होलीलाई लिइन्छ । स्कुलमा पढ्ने विद्यार्थीदेखि बृद्धबृद्धाहरूले सामूहिक रूपमा होली खेलीमा रमाउने गर्दछन् । दुई वर्षपछि सामूहिक रूपमा होली बनाउन पाउँदा खुसी देखिन्छन् । पछिल्लो समयमा सामूहिक रूपमा आयोजना गरेर होली विशेष कार्यक्रमहरू पनि सञ्चालन भएका देखिन्छन् । युवा युवतीहरू होलीको पूर्ण तयारीमा छन । होलीको लागि टिसर्ट, थरिथरीका रङहरू किनमेल गर्नेहरूको बजारमा यस वर्ष बाक्लै उपस्थिति रहेको छ ।होलीमा सबैले आफ्नै तरिकाले मनाउने गर्छन् ।

कसैले होलीमा रङ एकआपसमा दलेर मनाउने गर्छन् भने कसैलै होली विशेष कार्यक्रम गरेर पनि गराउने गर्छन् । होलीको लागि विशेष टि–सर्ट पनि किन्ने गरेका छन् । रमाआँै होली लेखिएका टिसर्ट लगाएर होली खेल्नेसमेत गरेका छन् । ‘सेतो टिसर्टमा सबै प्रकारका रङहरू देखिने भएकाले टिसर्ट लगाउने गरेको छु’ श्याम सहनीले भने, ‘होली पहिचानमा खल्न बेग्लै मजा हुन्छ । होलीलाई व्यवस्थित गर्ने बारा प्रहरी प्रशासनले नीति बनाएर सबैमा सभ्य भएर मनाउन आग्रहसमेत गरेको छ । उच्छृख्ल गतिबिधि गर्नेलाई प्रहरीले कार्बाही गर्ने चेतावनी दिएको छ ।