hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritking

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते ।

नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो ।

नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष उमेर समुहका २० जना महिला र ८ देखी १४ वर्ष उमेरका २ जना बाल कलाकारको लागि निर्माता टिमले कास्टिङ कल गरेको हो ।

सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने उक्त वेब सीरीजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को गरेको निर्माणा टिमले बताएको छ ।

चर्चित अभिनेता कामेश्वर चौरासियाले लेखेकोे कथामा पटकथा तथा संवाद लेखनमा चौरसियालाई निर्देशक नरेशनाथ योगी (किङ योगी)ले सहयोग गरेका छन् ।

बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्म्सको ब्यानरमा निर्माण हुने यो वेब सीरीजमामा समिर खरेल र दिपक आरजे निर्माताको रुपमा रहेका छन् ।