बकैया नागमणी सामुदायिक वनको नयाँ कार्यसमिति चयन , अध्यक्षमा शालिकराम ढुङ्गाना

रञ्जन यादब /बारा

बाराको निजगढ स्थित बकैया नागमणी सामुदायिक वनको नयाँ कार्य समिती चयन भएको छ । निजगढ नगरपालिका वडा नं.८ मा रहेको उपभोक्ता समूहको १६ औँ बार्षिक साधारणसभा सम्पन्न भएसँगै नयाँ कार्यसमिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

साधारणसभाको निर्णयअनुसार अध्यक्षमा शालिकराम ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको समाजसेवी तथा उपभोक्ता रबिराज दंगालले जानकारी दिए ।नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी गौतम , सचिवमा शारदा कुमारी राउत, कोषाध्यक्षमा कृष्ण प्रसाद खरेल, सह–सचिवमा सजना उप्रेती चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा अन्तरी लामा , पवित्रा कुमारी चौलागाँई, मिरा कुवर, दिनेश न्यौपाने, प्रकाश श्रेष्ठ, समिता बोगटी , चित्र कुमार लामा र मोजहर मंसुर चयन हुनुभएको छ। यसैगरी, समूहको आर्थिक पारदर्शिता र निगरानीका लागि गठन गरिएको लेखा समितिको संयोजकमा कमल सुवार चयन हुनुभएको छ भने सदस्यहरूमा नरनाथ गौतम र कमला लामा रहनुभएको छ।

नव–निर्वाचित कार्यसमिति तथा लेखा समितिले सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको हितमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ। वन संरक्षणसँगै स्थानीय विकास, वातावरणीय सन्तुलन र उपभोक्ताबीच सहकार्य अभिवृद्धि गर्ने लक्ष्यसहित नयाँ नेतृत्वले काम अघि बढाउने अपेक्षा गरिएको छ।