कक्षा ११ र १२ का १५ जना बिद्याथीहरुलाई निशुल्क ६० दिने कम्प्युटर तालिम

रञ्जन यादब /बारा

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी ६० दिने निःशुल्क कम्प्युटर तालिम जेसिआई सिमराको संयोजनमा सञ्चालन आएको छ । तालिमका लागि पाँच विद्यालयबाट तीन जनाका दरले विद्यार्थीहरू छनोट भएका छन्।

सहभागी विद्यालयहरूमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया र श्री फकिरा गिरि–राजेश्वर गिरि माध्यमिक विद्यालय जीतपुर रहेका छन्। यी विद्यालयबाट छनोट गरिएका विद्यार्थीहरूले कम्प्युटरका आधारभूत सीपदेखि व्यावहारिक प्रयोगसम्मका विषयमा दक्षता हासिल गर्ने बिश्वास लिएको छ ।

प्रविधिमैत्री शिक्षा पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ सुरु गरिएको यो तालिमले विद्यार्थीहरूलाई भविष्यमा शैक्षिक तथा व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धी बन्न मद्दत गर्ने सिट सिमरा ईन्स्टिच्युटका सञ्चालक द्धारिकाराज पौडेलले जानकारी दिए । विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापनबाट पनि कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ।