हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित भएका छन् । श्रमिकहरुले तिहारमा पाउनु पर्ने बोनस रकम नपाए पछि धर्नामा बसेको बताएका छन् । उधोग र श्रमिकहरु बिच तिहार अगाडी नै २ महिनाको बोनस रकम पाउने सहमती भएको थियो तर एक महिनाको मात्र उधोगले बोनस श्रमिकलाई दिए पछि बाकी एक महिनाको बोनस रकम माग गर्दै श्रमिकहरु उधोग परिषर भित्रै धर्नामा बसेक हुन् ।

चाड पर्वको बेला उधोगले श्रमिकहरुलाई राखेर जेठ २९ गतेका दिन श्रम एन २०७४ को दफा ११६(२)बमोजिम ३ सदस्यीय सामुहिक बोनस माग दाबी पेश गरिएको तर हिमाड्री फूड्स प्रालिले सम्झौता अनुसार आफुहरुलाई बोनस दिन आनाकानी गरे पछि आफुहरु धर्नमा बसेको अस्थायी कामदार सारु राईले बताईन।

उधोगमा १२ घण्टा सम्म आफ्नो पसिना बगाई उधोगको उन्नति प्रगती गराए पनि उधोगले बोनस दिन आनाकानी गरे पछि आफुहरु अहिले तिहारमा सापती लिएर काम चलाएको तर छठमा समेत उधोगले बोनस नदिने पछि अहिले आफुहरु आर्थिक समस्यामा परेको अर्का कमदार अञ्जली लामाले बताईन ।हिमाड्री फूड्स प्रालिले दशै अगावै सबै तहका श्रमिकलाई बार्षिक २ महिना ६० दिन बराबरको अधारभूत पारिश्रमिक एक मुष्ट बितरण गर्ने सहमती गरे पनि श्रमिकलाई एक महिनाको मात्र बोनस उपलब्ध गराए पछि अहिले श्रमिकहरु काम बन्द गरेर धर्नामा बसेको छ ।

 

यता हिमाड्री फोड्स प्रालिका प्रशासन प्रमुख सुनिता बरालले उधोगको अहिले उत्पादन बन्द भएको कारण उधोगले बाकी रहेको एक महिनाको बोनस उपलब्ध गराउने अवस्था अहिले नरहेकोले बोनस बितरणमा ढिलाई भएको बताईन।उधोगको उत्पादन सुरु भए पछि बाकी रहेको बोनस रकम श्रमिकलाई उपलब्ध गराउने उनले बताईन ।