hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

अम्लेखगंजको जङ्गलमा १२ करोड ५० लाखको लागतमा क्यानोपी ब्रिज बन्ने

रञ्जन यादब /बारा

बारा स्थित अम्लेखगंजको जङ्गलमा करिब १२ करोड ५० लाखको लागतमा नेपालकै सबैभन्दा लामो क्यानोपी ब्रिज निर्माणकोलागि गृहकार्य अघि बढाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अम्लेखगञ्जमा पर्यापर्यटनको बिकास गरी उपमहानगरपालिकालाई पर्यटनको हबको रुपमा बिकास गर्ने उदेश्यले २५ सय मिटर लामो क्यानोपी ब्रिज बनाउँन लागेको पर्यटन तथा सहकारी बिकास शाखा प्रमुख अधिकृत सुधन चौधरीले जानकारी दिए ।

हात्तिसार देखि कामनी दह सम्म २५ सय मिटर लामो क्यानोपि ब्रिज बनाउँने बिषयमा अध्ययन तथा अनुसन्धान भईरहेको उनले जानकारी दिए । क्यानोपी ब्रिजको डि.पि.आर. ( बिस्तृत अध्ययन प्रतिबेदन ) तयार गर्नकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले प्लेटफर्म ईन्जिनीयरिङ्ग कन्सलटेन्सीसँग सम्झौता गरेको छ । कन्सलटेन्सीले तीन महिना भित्र डि.पि. आर. बनाएर दिने लक्ष्य राखिएको छ । क्यानोपि ब्रिज झुलुङ्गे पुल झै आकृती भएको ब्रिज हो ।

अध्ययन तथा अनुसन्धान भईरहेको ब्रिज बनेपछि पर्यटकहरुलाई जंगली जनावरहरुको गतिबिधि अवलोकन गर्न सहज हुने बाउँनुभयो । क्यानोपी ब्रिज निर्माणकोलागि चाहिने बजेटकोलागि उपमहानगरपालिकाको बजेट अपर्याप्त रहेका कारण संघ सरकार र प्रदेश सरकारसँग माग गर्ने उपमहानगरपालिकाको योजना रहेको अधिकृत चौधरीले जानकारी दिए ।