रञ्जन यादब /बारा
बाराको सिमरा स्थित शुभारम्भ कलेज प्रमुखमा शम्भु मण्डल नियुक्त भएका छन् । कलेजका संचालक समिती रहेका मण्डललाई कलेज व्यवस्थापन समितिले प्रमुखमा नियुक्त गरेको हो ।प्रमुखमा नियुक्त भएसंगै मण्डलले शुक्रबार जिम्मेवारी सम्हालेको कलेजका सञ्चालक डा.राहुल झाले जानकारी दिए । कलेजमा आयोजित एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरी र मधेश प्रदेश बिश्व बिद्यालयका उप कुलपती प्रा.डा. दिपक शाक्यले मण्डललाई पदभार गराएका थिए । शुभारम्भ कलेजको प्रमुखको जिम्मेवारी सम्हालेका मण्डल झण्डै डेढ दशकदेखि शिक्षण पेशामा आवद्ध छन् । जीतपुरसिमरा १ पथलैया घर भएका मण्डल २०६३ सालमा पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लेखापालबाट प्रवेश गरेका थिए । उनि २०६७ तहमा निम्न माध्यमिक तहको शिक्षक नियुक्त भएका थिए ।
आफ्नै जग्गा र भवनमा संचालित कलेज र एकेडेमीसंग दुई वटा स्कुल बस समेत छ । विद्यालय र कलेजमा ३७ जना शिक्षक र कर्मचारी छन् ।चार वर्ष निम्न माध्यमिक तहको अध्यापनपछि मण्डल २०७१ सालमा उच्च माध्यमिक तहको शिक्षकमा नियुक्त भए । अब्बल शिक्षकको रुपमा आफूलाई स्थापित गर्दै अघि बढेका मण्डल २०७६ बैशाख २ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाको प्रध्यानाध्यापक नियुक्त भएका थिए ।चार वर्ष प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेका मण्डलले २०८० साल मंसिर २९ गते राजीनामा दिएर कलेज प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । शुभारम्भ कलेजमा यसअघि अनिलप्रसाद चौधरी प्रमुख थिए ।
चौधरीले मंसिर ६ गते राजीनामा दिएर मण्डलका लागि प्रमुख हुने बाटो खुल्ला गरेका थिए । चौधरी पनि कलेज र एकेडेमीका संचालकमध्येका एक हुन् । । बि.स.२०६६ सालमा स्थापना भएको शुभारम्भ कलेजमा वाणिज्य संकायमा स्नातक तहसम्म अध्यापन भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा अहिले दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजका सञ्चालक समितीका अध्यक्ष लाल पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता ,फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालयका प्रधानध्यापक राजु कुमार सिँह ,शहिद स्मारक ईङ्गलीस बोडिङ्ग स्कुलका प्रिन्सिपल मालती कुमाल लगायत संस्थागत तथा सामुदायिक बिद्यालयका प्रधानध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कलेजका सञ्चालक डा.रमेश कुमारको स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन धिरज बोगटी क्षेत्री र सुशील पौडेलले गर्नुभएको थियो ।