अक्षरा पाठशालाले आफनो ७ औँ बार्षिकोत्स मनायो

रञ्जन यादब /बारा

बाराको सिमरा स्थित अक्षरा पाठशालाले आफनो ७ औँ बार्षिकोत्स मनाएको छ ।बिद्यालयको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी अक्षरा पाठशाले आफनो बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो। उनले समाजमा रहेको अन्धबिश्वासहरुलाई तोड्दै बिद्यार्थीहरुलाई ब्यवहारिक र बैज्ञानिक ज्ञान दिनुपर्नेमा जोड दिए ।

बिज्ञानलाई ग्राहयता दिएर अघि बढेका देशहरु बिश्वमा फड्को मारेको चर्चा गर्दै हामीले लिने र दिने शिक्षाहरुले बैज्ञानिक आधार भएको हुनुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा स्वागत मनतब्य कक्षा ६ मा अध्ययनरत आरोही श्रेष्ठले गरेकी थिईन् । बिद्यालयको सर्वोत्कृष्ट बर्ष बिद्यार्थी घोषणा गरी सम्मान गरिएको थियो । बिभिन्न भेषभुषामा सजिएका बिद्यार्थीहरुले लाखे नाच , थारु नृत्य , डम्फुमा सेलो ,बिभिन्न नेपाली फिल्मका गितहरुमा नृत्य प्रस्तृत गरेका थिए । साना कक्षाका बिद्यार्थीहरुले रायम बाचन गरी दर्शकको मन प्रफुल्ल पारेका थिए ।

बिभिन्न दुखसुख गरी सानै देखि पालेका बालबच्चाहरु ठुलो भएपछि कसरी आफनो आमाबुवालाई बुढेसकालमा बृद्धाआश्रममा छोड्छन् र हाम्रो समाज आजको २१ औँ शताब्दीमा कतातीर जाँदैछ भन्ने कुरा नाटकको माध्यबाट बिद्यार्थीहरुले देखाएका थिए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एन प्यापसनका केन्दि«य सदस्य राम प्रसाद अधिकारी ,सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी,प्यापसन जिल्ला अध्यक्ष नेत्र प्रसाद दहाल , एन प्यापसनका प्रदेश सदस्य बसन्त ढकाल लगायत अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ऋषि काफ्लेले गरेका थिए ।