रञ्जन यादब /बारा
तीन बर्ष देखि पुल निर्माण अल्पत्र पर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ महम्मद टोल (फिल्ड टोल) का स्थानीय मर्कामा परेका छन् । उपभोक्ता समितीबाट निर्माण हुँदै आएको पुल तत्कालिन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख सरस्वती देबी चौधरी र तत्कालिन वडा अध्यक्ष मोहित चौधरीको बिवादको कारण पुल अल्पत्र परेको हो । पुल निर्माण गर्न करिब ३० लाख रुपैया नगर स्तरीय छुटाए पनि समयै काम हुन सक्दा करिब १२ लाख रुपैया सम्म मात्र खर्च हुन सकेको थियो । पुल निर्माण नहुँदा महम्मदपुरको १ स ५० घरधुरी मर्कामा परेका छन् । त्यो टोलको मुख्य आवतजावत गर्ने मार्गमा पुल नहुँदा स्थानीय खोलामा होम पाईप राखेर आवत जावत गरिरहेका छन् । टोलमा कहिलेकाहीँ आपतबिपत पर्दा एम्बुलेन्स ल्याउँन सक्ने बाताबरण नभएको स्थानीय बताउँछन् ।
आफनो गर्भवती दिदीलाई हाँस्पिटल पुरयाउँनकोलागि एम्बुलेन्स बोलाउँदा एम्बुलेन्स आउँन कठिनाई भई मोटरसाईकलले नै अस्पताल पुरयाएको फरियाद हुसेनले दुखेसो गरे ।त्यस्तै स्थानीय ७०बर्षिय सकिना खातुनले पुल नहुँदा खोला तरेर गाउँमा आउँने क्रममा एक जना मानिस तार चुडियर खोलामा खस्दा करेन्ट लागेर मृत्यु भएको सम्झीईन् । अर्का स्थानीय महिला आईसा खातुनले पुल नबन्दा बर्षायाममा आवतजावत गर्ने समस्या ,स्कुले बालबालिकाहरु बिद्यालय जान नसक्ने लगायतको समस्या रहेको अवगत गराईन् । यता स्थानीयको गुनासो सुनेपछि नगर प्रमुख राजन पौडेलले उक्त क्षेत्रको अनुगमन गर्नुभएको छ । वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी ,वडा सदस्य ईन्दल पासवान सहित पुग्नु भएको नगर प्रमुख पौडेलले उक्त क्षेत्रमा चाडै नै पुल निर्माण गर्ने प्रतिबधता ब्यक्त गरेका छन् ।