जीतपुरसिमराको बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, असार ८ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु छ भने एकजना गम्भिर घाइते भएका छन् । बजनी स्थितको मुख्य सडकमा भारतिय नम्बर प्लेटको सकर्पियो र नेपाली नम्बर प्लेटको मोटरसाइकल ठोकिएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो ।

गएराति करिब ८:४० बजे वि.आर ०५ पि.ए ९६५२ नम्बरको स्करपियोले ना ५६ प ५६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार जीतपुरसिमरा-२ मुसहर्नीमाईका अन्दाजि ४५ वर्षिय बुद्धिलाल भुर्तेलको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भुर्तेलको उपचारको क्रममा सिमरा स्थित अलपाइन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कोल्हबीका ४० वर्षीय धर्मराज चौधरी गम्भीर घाईते भएका छन् । चौधरीको वीरगन्जस्थित अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

स्कर्पियो र स्कर्पियो चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको बारा प्रहरीले बताएको छ ।