मधेस: फोहोर फाल्ने ठाउँमा भेटियो पाँच लाख  नक्कली नोट

रौतहट, बैशाख ६ गते ।

सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ दुर्गा मन्दिरनजिकै भित्री सडक खण्डको फोहोर फाल्ने ठाउँबाट प्रहरीले पाँच ला बढी नक्कली नेपाली रूपैयाँ फेला पारेको हो। लालबन्दी बजारदेखि दुई किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले एक हजार दरका ५३० थान नक्कली नोट बरामद भएको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीको कमान्डमा गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त परिमाणको नोट बरामद गर्नुका साथै ६०० पिस पैसा आकारको कागज पनि बरामद गरेको छ। बरामद गरिएको नोटको नम्बर फरकफरक रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाएका छन्।