बारा, चैत्र १० गते ।
बाराको सिमरा रंगशालामा आयोजना भइरहेको डेनाईट जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपमा खाना महोत्सवको पनि मजा लिन सकिने छ । खेल संगै रंगशाला भित्र खाना महोत्सवको पनि आयोजना गरिएको हो ।
जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृति युवा क्लब र होटेल तथा पर्यटन व्यवसायी संघको समन्वयमा गोल्डकप संगै दर्शकलाई खाना महोत्सवको पनि फरक अनुभव दिनका लागि रंगशाला भित्र खाना महोत्सवको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।
यता खेल हेर्न आएका दर्शकले पनि खेल संगै खानाको विभिन्न परिकार खाना खान पाउदा खेलमा फरक किसिमको रामाईलोको अनुभुति भएको सकरात्मक प्रतिकृयाहरु दिइरहेको छन् । १३औँ जीतपुरसिमरा गोल्डकप संचालन हुने अवधिभरी खाना महोत्सव पनि रहने आयोजक नव जन जागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनु भयो ।
राति फ्लड लाईटमा संचालन हुने रात्रिकालिन जीतपुरसिमरा गोल्डकपले देशमै छुटै पहिचान बनाइरहेको छ । उपत्यका बाहेक देश भर मात्र ३ ठाँउमा डेनाईट लेख हुने गरेको छ । पोखरा, विरातनगर र सिमरामा मात्र फ्ल्डलाईटमा खेल हुने गरेको एन्फाले बताएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी हुनेछन् । चैत्र १८ गते संचालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।