जीतपुर, पुस १९ गते ।
अत्याधिक चिसोका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय तिन दिनका लागि बन्द गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका को कार्यालयले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा समिति को निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन पुष १९,२० र २१ गते बन्द रहने उपमहानगरपालिकाको शिक्षा अधिकृत शिवजी प्रसाद कुशवाहाले जानकारी दिनुभएको छ ।
केहि दिन देखि बारा जिल्ला लगाएत तराईमा बढेको चिसोको कारण बिधयार्थिहरुलाई पठनपाठनमा समस्या आए पछि जीतपुरसिमरा उपमहानगरपालिकाको सम्पूर्ण बिधयालय बन्द गरिएको छ ।