निजगढमा चट्याङ लागेर महिला घाइते

बारा १३ भाद्र

बाराको निजगढ नगरपालिका वडा नं.१३ पेचीटोलमा पानीसँगै परेको चट्याङ लागेर एक महिला घाइते भएकी छन्। शुक्रबार साँझे परेको चट्याङबाट स्थानीय विशाल गोलेकी ३५ वर्षीया श्रीमती निर्मला गोले घाइते भएकी हुन्। चट्याङ लागेपछि उनको शरीरको दाहिनेतर्फको हातखुट्टा नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनी बोल्न भने सक्ने अवस्थामा रहेकी छन्।

घटनाबारे साँझ करिब ५ः३० बजे अस्थायी प्रहरी पोस्ट रतनपुर, बारामा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक अमरेन्द्र कुमार मण्डलको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।घाइते निर्मला गोलेको हाल निजगढस्थित सीटी अस्पतालमा उपचार भइरहेको छ। उनको उपचार तथा हेरचाहमा आफन्त लक्ष्मी लामा संलग्न रहेको प्रहरीले जनाएको छ।