रञ्जन यादब /बारा ३२ असार
ग्लोबल आइएमई बैंक लिमिटेड, जीतपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बकुलियामा अध्ययनरत ३५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ ।विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रतिनिधिहरूले विद्यार्थीलाई ट्र्याकसुट हस्तान्तरण गरेका हुन्।
बैंकले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक वातावरणमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको श्री ने.रा.मा.बि.बकुलियाका प्रधानध्यापक धन्नजय गौतमले जानकारी दिए । उनले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन्। पोसाककै कारण बिद्यालय नआउँने प्रबृतीमा यसले केहि हदसम्म भएपनि कमी ल्याउँने बिश्वास प्रधानध्यापक गौतमले ब्यक्त गरे ।
ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। स्थानीय समुदायसँग सहकार्य गर्दै विद्यालयका विद्यार्थीलाई गरिएको ट्र्याकसुट वितरणले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको विद्यालयले जनाएको छ।




